Kathmandu Press

टर्कीमा एकै दिनमा झण्डै २१ हजार संक्रमित

आङ्करा, साउन १८ : कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ संक्रमित थपिने गरेका छन्।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार...
टर्कीमा एकै दिनमा झण्डै २१ हजार संक्रमित

आङ्करा, साउन १८ : कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ संक्रमित थपिने गरेका छन्।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना नयाँ संक्रमित थपिएका छन्। 

Hardik ivf

योसँगै टर्कीमा अहिलेसम्म ५७ लाख ४७ हजार ९३५ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

पछिल्लो एक दिनमा टर्कीमा ९६ जनाको मृत्यु भएको छ। योसँगै कूल मृतकको सङ्ख्या ५१ हजार ४२८ पुगेको छ। 

टर्कीमा कोरोना भाइरसबाट सङ्क्रमित भएरपनि एक दिनमा पाँच हजार ५३९ जना सङ्क्रमणमुक्त भएका छन्। 

अधिकारीहरुका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५१ हजार २२४ जनाको कोरोना परीक्षण गरिएको छ।

टर्कीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको भए पनि महामारी पनि फैलिइरहेको छ। गत जनवरी १ मै चिनियाँ खोप सिनोभ्याक्स लगाउन टर्की सरकारले अनुमति दिएको थियो। 

चार करोड १० लाखभन्दा बढीलाई पहिलो चरणको खोप लगाइसकिएको छ। तीमध्ये दुई करोड ७० लाखले दुवै खोप लगाएका छन्।  
 

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, साउन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्