Kathmandu Press

महन्थ ठाकुरको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं, साउन १८ : महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता निरूपणका लागि निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट सोमबार पनि...
महन्थ ठाकुरको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं, साउन १८ : महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता निरूपणका लागि निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ। 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको हो। सोही रिट आइतबार पनि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउनेमा परेको थियो। 

आयोगको निर्णय खारेज गरिनुपर्ने माग राखेर ठाकुरका तर्फबाट अधिवक्ता प्रदीपकुमार पाठकले गत शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा जसपा विधानविपरीत आयोगबाट निर्णय भएको दाबी गरिएको छ। 

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णय कार्यान्वयनले पार्टी विभाजन हुने र पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने भएकाले सो निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश माग गरिएको छ।

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्