Kathmandu Press

१५ जना सशस्त्र प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह

काठमाडौं, साउन १८ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायब उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नति भएका १५ अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका...
१५ जना सशस्त्र प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह

काठमाडौं, साउन १८ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायब उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नति भएका १५ अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सशस्त्र प्रहरी बलको हलचोकस्थित प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

यही साउन १७ गते गृह सचिवस्तरको निर्णयका आधारमा १५ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका हुन्।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका अधिकृतहरूलाई कार्यक्षेत्रमा सफलताको शुभकामनासहित जिम्मेवार भई उत्तरदायी र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न निर्देशन दिए।

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्