Kathmandu Press

३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

महोत्तरी, साउन १८ : महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोनाविरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। विश्वसहित नेपालमा...
३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

महोत्तरी, साउन १८ : महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोनाविरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

विश्वसहित नेपालमा पनि पछिल्लो समय कोरोनाको तेस्रो लहर भेटिएपछि सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लब महोत्तरीले जिल्लाको जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। सेभ द चिल्ड्रेनको सम्मुनति कार्यक्रम अन्तर्गत रतौली युवा क्लबले कोरोनाको तेस्रो लहर विरुद्ध पूर्व तयारीका लागि जलेश्वर नगरपालिकालाई रु १५ लाख, लोहारपट्टी नगरपालिकालाई सात लाख र पिपरा गाउँपालिकालाई १३ लाखका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

सो संस्थाले पालिकालाई अक्सिजन ग्यास सिलिण्डर, अक्सिमिटर, स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत २२ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ। रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले तीन वटै पालिकाका प्रमुखलाई सबै स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्