Kathmandu Press

जापानको थप चार क्षेत्रमा संकटकाल घोषणा

टोकियो, साउन १८ : ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका थप चार क्षेत्रमा पनि संकटकाल घोषणा गरिएको छ।यसअघि टोकियो र ओकिनावामा संकटकाल लागू हुँदै...
जापानको थप चार क्षेत्रमा संकटकाल घोषणा

टोकियो, साउन १८ : ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका थप चार क्षेत्रमा पनि संकटकाल घोषणा गरिएको छ।

यसअघि टोकियो र ओकिनावामा संकटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो। कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि संकटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन्।

Hardik ivf

टोकियोबाट नजिकै रहेको क्षेत्रमा संकटकाल लगाइएको हो। संकटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ। टोकियो र ओकिनावामा लगाइएको संकटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ। 
     
जापान सरकारले संकटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ। त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ। संकटकालका बेला मादकपदार्थ बिक्री वितरणमा पनि कडाइ गरिएको छ। अन्य व्यापार व्यवसायलाई पनि नियन्त्रण गरिएको छ। उनीहरुलाई बेलुका ८ बजे बन्द गरिसक्न निर्देशन दिइएको छ। 

संकटकालको निर्देशन पर्याप्तरुपमा कार्यान्वन भएको वा नभएका बारेमा अनुगमन गर्न सरकारी अधिकारीहरु पनि धेरै खटाइएको छ। सरकारले अन्य छ क्षेत्रमा पनि खुकुलो संकटकाल लगाएको छ। ती क्षेत्रहरुमा महामारी पनि कम रहेको र प्रतिबन्धात्मक व्यवस्थाहरु पनि खुकुलो बनाइएको अधिकारीहरुले जनाएका छन्। 
 

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, साउन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्