Kathmandu Press

म्याद गुज्रेका कस्मेटिक्स सामानमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा दुई पक्राउ

काठमाडौं, १८ साउन : म्याद गुज्रेका विभिन्न कस्मेटिक्स सामानहरुमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार...
म्याद गुज्रेका कस्मेटिक्स सामानमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा दुई पक्राउ

काठमाडौं, १८ साउन : म्याद गुज्रेका विभिन्न कस्मेटिक्स सामानहरुमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार करिब २ करोड मूल्य बराबरको सामान सहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने पर्सा वीरगंज महानगरपालिका–१३ घर भएका ३१ वर्षीय अबिनाष अग्रवाल र काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङ बस्ने भारत राजस्थान सिकर घर भएका ४१ वर्षीय महाबिर गजुर रहेका छन् ।

विभिन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मितिलाई उप्काई स्टिकरमा नयाँ मिति राखी बिक्री भइरहेको भन्ने सुचनाका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

साथै काठमाडौं महानगरपालिकाण्१५ सानो भर्‍याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको घरबाट करिब १ करोड रुपैयाँ बराबरको पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी गरी राखेको म्याद गुज्रेका कस्मेटिक सामान र काठमाडौं महानगरपालिका–२२ भोटेबहालको गोदामबाट १ करोड रुपैयाँ बराबरको म्याद गुज्रेका अन्य कस्मेटिक सामानहरु गरी जम्मा २ करोड मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ।

उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि बाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग बबहरमल काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ।

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्