Kathmandu Press

डोटीमा पुनः एकहप्ता निषेधाज्ञा थप

डोटीमा पुनः एकहप्ता निषेधाज्ञा थप

डोटी, साउन १८ : जिल्लामा कोरोना भाइरस कोभिड–१९को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ। 

यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र फर्किने क्रममा सङ्क्रण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझावअनुसार  जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसकेको बैठकले गत वैशाखदेखि लागु गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते सम्मका लागि बढाउने निर्णय गरेको हो।    

अत्यावश्यक कामबाहेक निषेधाज्ञा उलङ्घन गर्ने व्यक्तिलाई कानूनबमोजिम कार्वाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौँ पटक हो। 

केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राती ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ। विकास निर्माणका काम र त्यसमा प्रयोग हुने  यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन्। निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी सूचनामा उल्लेख छ। 

जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट हालसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन्।
 

प्रकाशित मिति: ११:४३ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्