Kathmandu Press

बागलुङमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते

गलकोट, साउन १८ : बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ। मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको...
बागलुङमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते

गलकोट, साउन १८ : बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ। मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन्। 

घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ। 

सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित मिति: १०:३० बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्