पहिरोले भैँसे-भीमफेदी सडक अवरुद्ध
मकवानपुर साउन १८ : गए राति गएको ठूलो पहिरो झरेको छ। पहिरोका कारण आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य...
मकवानपुर साउन १८ : गए राति गएको ठूलो पहिरो झरेको छ। पहिरोका कारण आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।
भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए।
उनले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन/चार घण्टा लाग्ने भएकाले काठमाडौँ जाने यात्रुलाई निकै कष्ट भोग्नुपर्ने बाध्यता भएको बताए। (रासस)
प्रकाशित मिति: ०८:३९ बजे, सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











