Kathmandu Press

हिमाल, पहाड र तराई एकजुट भएर अघि बढौँ : रक्षामन्त्री पोखरेल


काठमाडौं, असार २५ः उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढी राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजान....

हिमाल, पहाड र तराई एकजुट भएर अघि बढौँ : रक्षामन्त्री पोखरेल
रासस


काठमाडौं, असार २५ः उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढी राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । 
मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘हिमाल, पहाड र तराई एकजुट भएर अघि बढे मात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिन्छ ।’ 
मुलुकको स्वाभिमानको रक्षा गर्नसबै समुदाय एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि दोहो¥याउँदै भने, ‘तराई, मधेशका जनतामा देशभक्तिको भाव अति धेरै छ । उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई आग्रह गर्छु ।’
उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता रहेको पनि औंल्याए । उनले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेशका थारुलगायतका समूदायको पु¥याएको योगदानको पनि उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई समेत सुझाव दिए ।

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्