Kathmandu Press

तुइन काटिएको घटनाबारे छानबिन गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

तुइन काटिएको घटनाबारे छानबिन गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौं, साउन १७ : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिँदा नेपाली युवा बेपत्ता भएको घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

दार्चुलास्थित महाकाली तर्दै गरेका बेला शुक्रबार एसएसबीले तुइन काटिदिएपछि नेपाली युवा जयसिंह धामी खसेर बेपत्ता भएका थिए। 

समिति सभापति पवित्रा निरौला खरेलले एसएसबीले तुइनको डोरी काटिदिएको भन्ने खबर आएको र त्यसबारे तत्काल छानबिन गर्नू भनी गृह मन्त्रालयलाई निर्देशन दिएकी हुन्।

आज (आइतबार) सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले दार्चुला घटनाबारे छानबिन हुनुपर्ने आवाज उठाएका थिए।

पीडितले न्याय पाउने व्यवस्थाको सुनिश्चित गर्न पनि समितिले निर्देश गरेको छ।

प्रकाशित मिति: १७:४९ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्