Kathmandu Press

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ 

दाङ, साउन १७ : घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको  एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन्।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा...
एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ 

दाङ, साउन १७ : घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको  एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन्।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए। एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानकारी दिए। त्यसलगत्तै फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते राति घोराही–१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। 

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्