Kathmandu Press

ओखलढुंगामा बस दुर्घटना, तीनको मृत्यु, १७ घाइते

ओखलढुंगा, असार २५ : ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

....
ओखलढुंगामा बस दुर्घटना, तीनको मृत्यु, १७ घाइते

ओखलढुंगा, असार २५ : ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा बसका चालक झापाको पत्थरी–८ का कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामीको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले बताए।

दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरूमध्ये पाँचकोे अवस्था गम्भीर रहेको जनाएको छ। उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

अन्य घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

काँकडभित्ताबाट सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको मे १ ख १८९१ नम्बरको रात्रिबस सडकबाट करिब २५ मिटर तल खसेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित मिति: १०:४७ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्