Kathmandu Press

टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा

टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा

काठमाडौं, साउन १७ : कर्मचारीको सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन्।
    
साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतःअवकाश हुने (क्यापिङ) सम्बन्धी व्यवस्था यथावत् राख्नुपर्नेलगायत ३२ सुत्रीय माग प्रस्तुत गर्दै कर्मचारी यही साउन ५ गतेदेखि धर्ना दिँदै आएका हुन्। 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम वकर्स युनियन र नेपाल टेलिकम युनियन कर्मचारी युनियनको अगुवाइमा शुरु गरिएको सो धर्नामा सहभागीले टेलिकम सञ्चालक समितिको २०७० साल साउन ६ गतेको निणयानुसार प्रत्येक तीन÷तीन वर्षमा नेपाल राष्ट्र बैंकको प्राइज इनडेक्सबमोजिम समायोजन हुनुपर्ने महँगी भत्ता समायोज गरी लागू गर्न पनि अनुरोध गरेका छन्। 

नेपाल टेलिकम वकर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले कम्पनीको संस्थागत सुधार, कर्मचारीको वृत्तिविकास र टे«ड युनियनको अधिकारबारे व्यवस्थापन तथा सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दासमेत सम्बोधन नभएपछि कर्मचारीले सङ्घर्षका कार्यक्रम गर्नुपरेको जानकारी दिए। उनले वार्ताका लागि मात्रै भन्दा अर्थपूर्ण वार्ताका लागि सम्बन्धित निकायसँग आग्रह गरे।

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्