Kathmandu Press

ओखलढुंगामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

ओखलढुंगा, साउन १७ : कोरोना संक्रमणबाट यहाँ थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं...
ओखलढुंगामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

ओखलढुंगा, साउन १७ : कोरोना संक्रमणबाट यहाँ थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए। कोरोना संक्रमण देखिएपछि यही साउन ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो। 

यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृत्यु भएको छ। उनी यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका थिए। उनको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यहाँ कोरोना संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। 
 

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्