Kathmandu Press

अकालमा मृत्युवरण गर्दै निकुञ्जका वन्यजन्तु

राँझा, साउन १७ : बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ। निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र...
अकालमा मृत्युवरण गर्दै निकुञ्जका वन्यजन्तु

राँझा, साउन १७ : बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ। निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुनेक्रम बढ्दो छ। 

साथै राजमार्गको दुवैतर्फ अबरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाका जोखिममा परेका हुन्। हालसम्म सडक दुर्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए।

उनका अनुसार राजमार्गमा सडक दुर्घटनामा परेर मर्नेमा सबै भन्दा बढी बाँदर, बँदेल र चित्तल छन्। गत आर्थिक वर्षमा मात्रै दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुको मृत्यु भएको थियो। आव २०७१÷७२ देखि आव २०७७÷०७८ सम्मका अवधिमा दुवै राजमार्गमा भएका सवारी दुर्घटनामा परेर विभिन्न प्रजातीका ३५८ वन्यजन्तु मरेका  थिए।

आव २०७१/०७२ मा सडक दुर्घटनाबाट १६ वन्यजन्तु मरेकामा कुकुरको टोकाइ तथा अन्य कारणबाट आठ रहेका थिए। आव२०७२/०७३ मा सडक दुर्घटनामा ४३, कुकुरको टोकाइ तीन अन्य कारण चार, आव२०७३/०७४ मा सडक दुर्घटनामा ६१, कुकुरको टोकाइबाट सात, अन्य कारणबाट १५, आव२०७४/०७५ मा सडक दुर्घटनामा ७२, कुकुरको टोकाइबाट चार, अन्य कारणबाट छ, आव २०७५/७६ मा सडक दुर्घटनामा ४४, कुकुरको टोकाइबाट १३, अन्य कारणबाट नौ, २०७६/०७७ मा ५४ र  गत आवमा २०७७/७८ मा ४३ सडक दुर्घटनामा र कुकुरको टोकाइ र अन्य कारणले २५ वन्यजन्तुले अकालमा मरेका संरक्षण अधिकृत न्यौपानेले बताए।

राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरवाहीले वन्यजन्तु जोगाउन मुस्किल भएको उहाँको भनाइ छ। निकुञ्जको पूर्व शिव खोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर र उत्तर–दक्षिण रत्न राजमार्ग ३२ किमी क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ। सबैभन्दा बढी कोहलपुरदेखि शिवखोलासम्मको पूर्वपश्चिम राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ।

निकुञ्जमा पूर्व–पश्चिम राजमार्ग ७२ किमी र उत्तर दक्षिणको रत्नराजमार्गले ३२ किमी निकुञ्जभित्रको वनक्षेत्र ओगटेको छ। घाँसे मैदानसहितको पानी खाने स्रोतको रुपमा सिक्टा सिँचाइको नहर र राप्ती नदी भएको कारणले पनि पानीको खोजीमा वन्यजन्तु सडक छेउ आउने गर्दा दुर्घटनामा पर्ने गरेको उनले बताए।
 

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्