Kathmandu Press

मध्यपश्चिम विश्वविद्यालय  र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौत

सुर्खेत, साउन १७ : शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय  र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ। मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह...
मध्यपश्चिम विश्वविद्यालय  र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौत

सुर्खेत, साउन १७ : शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय  र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ। 

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले  सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता सन् २०२१ मे १९ मा भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण गरिएपछि आज सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएको छ। दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदान–प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको वृत्तिविकासका साथै समाज सेवामा योगदान पु¥याउनु उक्त सम्झौताको उद्देश्य रहेको जनाइएको छ। 

त्यस्तै दुई राष्ट्रबीच आपसी साँस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने र दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुको आदान–प्रदानका साथै शैक्षिक सम्बन्ध बढाउने पनि सम्झौतामा उल्लेख छ।
 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्