Kathmandu Press

मेलम्चीको बाढीले चनौटेको रातो पुल पनि बगायो

सिन्धुपाल्चोक, साउन १७ : सिन्धुपाल्चोकको मेलम्ची नदीमा शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ।स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे...
मेलम्चीको बाढीले चनौटेको रातो पुल पनि बगायो

सिन्धुपाल्चोक, साउन १७ : सिन्धुपाल्चोकको मेलम्ची नदीमा शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ।

स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो। मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ। यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्क गरिएको थियो।

प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्