Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

रौतहट, साउन १६ : चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत नौजनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीले होटलको कोठा नम्बर ३०१ मा उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ, ४ सय १२ पत्ती तास र वाइल्ड किंग लेखिएको सिलप्याक तास बुक ८ थान सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्