Kathmandu Press

प्नहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने चारजना पक्राउ

डोटी, साउन १६ : सदूरपश्चिम प्रहरी तालिम केन्द्र दीपायलमा संचालित प्रहरी जवान पदको लिखित परीक्षामा आफ्नो नाममा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन...
प्नहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने चारजना पक्राउ

डोटी, साउन १६ : सदूरपश्चिम प्रहरी तालिम केन्द्र दीपायलमा संचालित प्रहरी जवान पदको लिखित परीक्षामा आफ्नो नाममा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली कैलारी गाउँपालिका–७ बस्ने २३ वर्षीय राम नरेश चौधरी, कैलाली धनगढी उपमहानगरपालिका–१६ बस्ने २३ वर्षीय सुन्दर चौधरी, बझाङ दुर्गाथली गाउँपालिका–५ बस्ने २० वर्षीय दीपेन्द्र जप्रेल र बझाङ तल्कोट गाउँपालिका–३ बस्टी बस्ने २० वर्षीय सुदीपकुमार रोकाय छन्।

उनीहरूमध्ये रामनरेश, सुन्दर र दीपेन्द्रलाई शुक्रबार र सुदीपलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा लिखित परीक्षामा आफू उपस्थित नभई नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु उपर किर्ते गर्न नहुने सन्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रकाशित मिति: १७:५१ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्