Kathmandu Press

होटलमा खोप भेटिएको घटनामा छानविन समिति गठन

भद्रपुर, साउन १६ :  सर्वसाधारणका लागि ल्याइएको खोप झापाको विर्तामोडको टाइमलेस होटलमा भेटिएको घटनामा छानविन गर्न समिति गठन भएको छ।जिल्ला कोभिड खोप व्यवस्थापन...
होटलमा खोप भेटिएको घटनामा छानविन समिति गठन

भद्रपुर, साउन १६ :  सर्वसाधारणका लागि ल्याइएको खोप झापाको विर्तामोडको टाइमलेस होटलमा भेटिएको घटनामा छानविन गर्न समिति गठन भएको छ।

जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज चन्द्रगढीमा बसेको बैठकले सहायक प्रजिअ तिलोचन रिमालको संयोकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो।

समितिको सदस्यहरुमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं. हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।

बैठक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको थियो। समितिले सो घटनाको यथार्थ छानविन गरी सात दिनभित्र प्रतिवेदन दिनुपर्ने निर्णय भएको छ । 

प्रकाशित मिति: १५:४७ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्