कांग्रेस नेता शाहीद्वारा कालिकोट अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
कालिकोट, साउन १६ : कांग्रेस नेता एवं नेपाल तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजंग शाहीले कालिकोट जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्।उनले अक्सिजन...
कालिकोट, साउन १६ : कांग्रेस नेता एवं नेपाल तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजंग शाहीले कालिकोट जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
उनले अक्सिजन कन्सटे«टर मेसिन १० लिटरको एक थान, कोभिड किट ५० पिस, पिपिई सेट ५० पिस, गाउन ५० पिस, फेस प्याक ५० पिस, सेनिटाइजर २५ लिटर, फेस चस्मा १० पिस, पन्जा सय पिस, सर्जिकल क्याप सय पिसलगायतको स्वास्थ्य सामग्रीहरु सहयोग गरेका हुुन्।
कालिकोटका आम नागरिकहरुलाई कोरोना उपचारमा सघाउ पुुगोस् भनेर उनले व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री सहयोग गरेको बताइएको छ।
कांग्रेस नेता शाहीले ले कोरोनाको महामारीविरुद्ध उभिएर आम नागरिकको जीवन रक्षा गर्न अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई हौसला दिन पनि पनि यो सहयोग गरिएको बताए।
जिल्ला अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन अझै लागिगर्ने उनको भनाइ थियो। गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनकै पहलमा जिल्ला अस्पताललाई ५० शैयाको बनाउन बजेटको व्यवस्था गरिएको जनाइएको छ।











