Kathmandu Press

मेरियट इन्टरनेशनलले काठमाडौंमा मोक्सी होटल खोल्ने  

काठमाडौं, साउन १६ : मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिट्यालिटि ए‍ण्ड होटल प्रा.ली.को लगानीमा काठमाडौंमा ‘मोक्सी काठमाडौ होटल’ खोल्ने भएको छ।काठमाडौंको कमलादीमा बन्ने होटल एक...
मेरियट इन्टरनेशनलले काठमाडौंमा मोक्सी होटल खोल्ने  

काठमाडौं, साउन १६ : मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिट्यालिटि ए‍ण्ड होटल प्रा.ली.को लगानीमा काठमाडौंमा ‘मोक्सी काठमाडौ होटल’ खोल्ने भएको छ।

काठमाडौंको कमलादीमा बन्ने होटल एक सय आठ कोठाको हुनेछ। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच भएको सम्झौतामा उल्लेख छ। 

मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउनको लागि इन्टरनेशलन हिमालय हस्पिट्यालिटिसँगको सहकार्यमा काम गर्न उत्साहित भएको मेरियट इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष निरज गोभिलले बताए। 

‘मोक्सी जस्तो ब्राण्ड पहिलो पटक सुरु गर्न लागेकोमा म निकै खुशी छु’ इन्टरनेशलन हिमालय हस्पिट्यालिटिको मातृ कम्पनी एम एस ग्रुपपका निर्देशक गौरव अग्रवाल थप्छन्, ‘म्यारियटसँगको सहकार्यमा यो नेपालको तेस्रो होटल हो।’

विशेष गरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकोले परम्परागत होटल भन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ। होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतको सेवाहरू समावेश गरिनेछ । त्यस्तै फिटनेस सेन्टर, आउटडोर पुल पनि रहनेछन्।

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्