खोप लुकाउनेमाथि कारबाही माग गर्दै बिर्तामोड नगरपालिकामा तालाबन्दी
काठमाडौं, साउन १६ : सर्वसाधारणका लागि ल्याइएको खोप होटलमा भेटिएको घटनाले विवादास्पद रुप लिएको छ।त्यसबारे सत्यतथ्य छानबिन हुनुपर्ने माग उठ्न थालेकाे छ। सोही माग...
काठमाडौं, साउन १६ : सर्वसाधारणका लागि ल्याइएको खोप होटलमा भेटिएको घटनाले विवादास्पद रुप लिएको छ।
त्यसबारे सत्यतथ्य छानबिन हुनुपर्ने माग उठ्न थालेकाे छ। सोही माग राख्दै माओवादी केन्द्र र कांग्रेसनिकट विद्यार्थीले आज (शनिबार) बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेका छन्।
हिजो (शुक्रबार) १०३ भाइल खोपसहित होटलमा भेटिएका बिर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्कामाथि खोप लुकाउन लगेको आरोप लागेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा बुझाएको थियो।
सो कार्यालयले भने खोप जिल्लाबाट वैधानिक रूपमै पठाइएको बताउँदै लुकाइएको भन्ने आरोप निराधार रहेको बताएको थियो र आरोपित खड्कालाई घर पठाएको थियो।
नेपाल विद्यार्थी संघ जिल्ला समिति झापा र अखिल क्रान्तिकारी झापाका कार्यकर्ता खोपमा कालाबजारीमा खड्काको संलग्नता रहेकाले कारबाहसी हुनुपर्ने भन्दै ताला लगाएका हुन्।
दोषी पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढेसम्म ताला नखोल्ने अडानमा विद्यार्थीहरू छन्।











