Kathmandu Press

बगदादमा आइएसद्वारा मलामी गएका व्यक्तिमाथि आक्रमण, आठ जनाको हत्या

बगदाद, साउन १६ : इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन्।ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक...
बगदादमा आइएसद्वारा मलामी गएका व्यक्तिमाथि आक्रमण, आठ जनाको हत्या

बगदाद, साउन १६ : इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन्।

ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए। त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ।  

सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन्। बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए।

उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ।
 

प्रकाशित मिति: १३:३१ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्