Kathmandu Press

पुरानै धारमा फर्काइयो मर्स्याङ्दी

मनाङ, साउन १६ ः मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ। गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले...
पुरानै धारमा फर्काइयो मर्स्याङ्दी


मनाङ, साउन १६ ः मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ। गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । 

नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो।

जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए। 

उनले भने, ‘महिनौँ दिनपछि आज मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएका छौँ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र विभिन्न सुरक्षा निकायको निरन्तरको प्रयासपश्चात् नदीलाई पुरानै धारमा फर्कायौँ।’

अहिले नदी पुरानै बाटो हुँदै बगेको छ। नदीको बहावका कारण जोखिममा रहेका बस्तीको खतरा तत्कालका लागि हटेको स्थानीयले बताएका छन्। उता मर्स्याङ्दीमा आएको बाढीले चामे बजारमा रहेको एकमात्र झोलुङ्गे पुल पनि बगाएपछि समस्या थपिएको छ। 

यही साउन ५ गते राति आएको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुङ्गे पुल बगाएको छ। माथिल्लो मनाङ जाने बेलिब्रिज जोखिममा परेपछि स्थानीय उक्त पुलबाट आवातजावत गर्दथे। झोलुङ्गे पुल पनि बगाएपछि स्थानीयलाई वारपार गर्नसमेत अहिले समस्या भएको छ।

असार १ को बाढीले मनाङमा सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा बढेसँगै  सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक पन्थीले बताएका छन्।

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्