लेनदेनबारे विवाद बढेपछि कुटपिट, एकजनाको मृत्यु
जाजरकोट, साउन १६ : आपसी लेनदेनलाई लिएर बढेको विवादले कुटपिट रूप लिँदा जाजरकोटमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुशे गाउँपालिका-८ जिन्तलाका ३५...
जाजरकोट, साउन १६ : आपसी लेनदेनलाई लिएर बढेको विवादले कुटपिट रूप लिँदा जाजरकोटमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कुशे गाउँपालिका-८ जिन्तलाका ३५ वर्षीय इन्द्रबहादुर सिंह रहेको प्हरीले जनाएको छ।
कुटपिट गर्ने सोही ठाउँका २६ वर्षीय विमलप्रकाश सिंहलार्इ पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १२:३८ बजे, शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











