Kathmandu Press

लुटपाट गरि हत्या गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं, साउन १६ : लुटपाट गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ७...
लुटपाट गरि हत्या गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं, साउन १६ : लुटपाट गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोल बस्ने २५ वर्षीय राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीप लामा तामाङ र  बाराको फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई नियन्त्रणमा लिएको हो।

उनीहरु तीनजना सहित भारत घर भएका रवि सर्राफले मिलेर चिनजान भएको साथीलाई काठमाडौंबाट बोलााएर लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। राहुल महर्जनको पुरानो चिनजानको साथी सर्लाही लालबन्दी  घर भई काठमाण्डौँको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनलाई वीरगंज बोलाएर लुटपाट पछि हत्या गरिएको थियो।

पाख्रिन साउन १३ गते साँझ दुई साथी सहित वीरगंज पुगेका थिए। उनीहरु सबै जना दीप लामाको घरमा मदिरा खााएर बसेको प्रहरी अनुसन्धानमा देखिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओम प्रकाश खनालका अनुसार साउन १४ गते बिहान साढे १ बजेतिर  काठमाडौंबाट आएका दुई जनालाई कोठामा मै छोडेर बियर किन्ने बहानमा ज्ञानु पाख्रिनलाई रामटोलस्थित एकान्त स्थानको खाली जग्गामा लगेर घाँटीमा लक लगाई अँठ्याई ज्यान लिएको अनुसन्धानमा खुलेको छ । 

त्यसपछि उनीहरु मृतकको सुनको सिक्री, सुनको औँठी, नगद १० हजार रुपैयाँ लुटेर फरार भएका थिए। हालसम्म रवि सर्रााफ फरार रहेका छन्। उनीहरु विरुद्ध कर्तव्य ज्याना मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: ११:३८ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्