Kathmandu Press

पूर्वयुवराज पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

काठमाडौं, साउन १६ : पूर्वयुवराज पारस शाहले ड्यूटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्।उनले शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले सोधपुछ गर्दा दुर्व्यवहार...
पूर्वयुवराज पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

काठमाडौं, साउन १६ : पूर्वयुवराज पारस शाहले ड्यूटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्।

उनले शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले सोधपुछ गर्दा दुर्व्यवहार गरेका हुन्। हेलमेट नलगाएर मोटरसाइकलमा आएका शाहलाई ट्राफिक प्रहरीले रोकपछि दुर्व्यवहार गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

उनका अनुसार शाहले मादक पदार्थसमेत सेवन गरेका थिए। प्रहरीले सोधपुछ गर्न थालेपछि दुर्व्यवहार गरेका थिए।

प्रहरीले उनलाई प्रहरी चौकी लग्न खोजेका थिए। तर, उनले जान मानेनन्। उनले प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पूर्वयुवराज शाहका समर्थकले नाराबाजी समेत गरेका थिए। जाम भएपछि प्रहरीले शाहलाई सम्झाइबुझाइ छाडेको एसपी सिंहले बताए।

 

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्