आज पनि देशभर वर्षाको सम्भावना
काठमाडौं, साउन १६ : आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको...
काठमाडौं, साउन १६ : आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा हुनेछ। बिहान पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।
त्यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०७:३७ बजे, शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











