Kathmandu Press

महानगरले बनायो यातायात सञ्चालन कार्यदल

काठमाडौं, साउन १६ : काठमाडौं महानगरपालिकाले उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा पाँच सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ।महानगरका मेयर विद्यासुन्दर...
महानगरले बनायो यातायात सञ्चालन कार्यदल

काठमाडौं, साउन १६ : काठमाडौं महानगरपालिकाले उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा पाँच सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ।

महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६५औं कार्यपालिका बैठकले कार्यदल गठन गरेको हो। कार्यदलका सदस्यमा वडा नं. २६ का अध्यक्ष ख्याम तिवारी, वडा नं. ३२ का अध्यक्ष नवराज पराजुली, शहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटा रहेका छन्।

समितिलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागसहितका सरोकारवाला निकायसँग छलफल गरेर सुझाव दिन सात दिनको समय दिइएको छ। खुल्ला मञ्चबाट बसपार्क हटाएर गत वैशाख १६ पछि महानगरले सिटी यातायातलाई ‘पिक एन्ड ड्रप’ गर्न र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न भनेको थियो।

महानगरले यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दूरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म पूर्ववत् यातायात सञ्चालन गर्न माग गर्दै आएका छन्।

फेरि पुरानै स्थानमा यातायात फर्काउन नसकिने भएपछि मध्यम दूरीका यातायातका लागि विकल्प अध्ययन गर्न कार्यदल गठन गरिएको जनाएको छ।

प्रकाशित मिति: ०६:२८ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्