दार्चुला घटना छानविन गर्न गृहमन्त्री खाँणले बनाए कार्यदल, छानबिन गर्न निर्देशन
काठमाडौं, साउन १५ : गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटना छानविन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानविनका लागि कार्यदल बनाएका छन् ।
काठमाडौं, साउन १५ : गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटना छानविन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा कार्यदल बनाएका छन् ।
भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी चुडाईदिएपछि तुइनबाट झरेर महाकाली नदीमा डुबेर युवा बेपत्ता भएको घटनाको छानबिन गर्न गृहमन्त्री खाँणले गृहसचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।
कार्यदलमा न्यौपानेसहित गृहमन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेल, सुदुरपश्चिमका डिआइजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने छन् ।
यस्तै उनले यथाशिघ्र छानविन सकेर प्रतिवेदन वुझाउन कार्यदललाई निर्देशन समेत दिएका छन् । दार्चुलाको व्यास गाउँपालिका निवासी ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर वेपत्ता भएका थिए ।
भारतीय सुरक्षा फौजको यो ज्यादतीको विरोधमा चौतर्फी विरोध भईरहेको छ ।











