Kathmandu Press

३३ किलो सुनकाण्डमा मुछिएपछि फरार रहेका  ‘भोजे मामा’ पक्राउ

३३ किलो सुनकाण्डमा मुछिएपछि फरार रहेका  ‘भोजे मामा’ पक्राउ

काठमाडौं, साउन १५ : ३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका मोरङको गौरादह नगरपालिका ८ बस्ने भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। 

प्रकाशित मिति: २१:०४ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्