Kathmandu Press

‘चैत मसान्तसम्म सबै नेपालीलाई खोप, तेश्रो लहरका लागि अक्सिजन तयारी अवस्थामा’

कोरोनाको दोस्रो लहर तिब्र हुँदा अक्सिजनको अभाव भएकाले त्यो अवस्था दोहोरिन नदिन यसपटक अक्सिजन तयारी अवस्थामा राखिएको मन्त्रालयको दाबी छ । 
‘चैत मसान्तसम्म सबै नेपालीलाई खोप, तेश्रो लहरका लागि अक्सिजन तयारी अवस्थामा’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

काठमाडौं, साउन १५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले चैत मसान्तभित्र खोप लगाइसक्ने गरी सरकारले खोपको व्यवस्थापन गरिरहेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार नेपाललाई आवश्यक थप खोपका लागि चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता प्रक्रिया अघि बढिसकेको छ ।

साथै कोभ्याक्स सुविधामार्फत् जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयको भनाइ छ । यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी डेढ करोड डोज खोप र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि सकारात्मक रूपमा प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, गाभी कोभ्याक्सबाट निशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख डोज पनि प्राप्त भएपछि आगाी चैत मसान्तसम्म खोप सबै नेपालीहरूले खोप पाउने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमणको तेस्रो लहरको सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै अस्पतालहरुमा बेड थपिएको र देशभरका सरकारी अस्पतालमा २ हजार ७५ र निजी अस्पतालमा ७ सय ७८ एचडियु बेड थप गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताएका छन् ।

कोरोनाको दोस्रो लहर तिब्र हुँदा अक्सिजनको अभाव भएकाले त्यो अवस्था दोहोरिन नदिन यसपटक अक्सिजन तयारी अवस्थामा राखिएको मन्त्रालयको दाबी छ । 

प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्