सर्वसाधारणले लकडाउन वेवास्ता गरेपछि अस्ट्रेलियामा सेना परिचालन
काठमाडौं, साउन १५ : अस्ट्रेलियाले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले जारी लकडाउनमा थप कडाई गरेको छ । अस्ट्रेलियाका सिड्नी लगायतका शहरहरूमा जारी लकडाउनमा...
काठमाडौं, साउन १५ : अस्ट्रेलियाले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले जारी लकडाउनमा थप कडाई गरेको छ ।
अस्ट्रेलियाका सिड्नी लगायतका शहरहरूमा जारी लकडाउनमा सर्वसाधारणले वेवास्ता गरेको भन्दै सिड्नी क्षेत्रमा सरकारले सडकमा सेना परिचालन गरेको छ । हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका हुन् ।
डेल्टा भेरियन्टका कारण अस्ट्रेलियमा ३ हजार मानिस संक्रमित भएपछि लकडाउन लागू गरिएको हो। विगत पाँच साता यता जारी गरिएको लकडाउनका बीच सिड्नीमा संक्रमण दर झन् तीव्र बन्दै गएको छ। यसैबीच सेना परिचालनप्रति सिड्नीका सर्वसाधारणले भने विरोध जनाएका छन् ।
अष्ट्रेलियामा आगामी अगस्ट २८ तारिखसम्म कायम रहने गरी लागू गरिएको लकडाउनमा आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारण बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ।











