Kathmandu Press

काठमाडौं उपत्यकाका ८२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौं जिल्लाका सबैभन्दा धेरै ५...
काठमाडौं उपत्यकाका ८२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौं जिल्लाका सबैभन्दा धेरै ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ। त्यसैगरी ललितपुरका १ सय ८७ र भक्तपुरका ७६ जनामा संक्रमण पुष्टि भएको छ। 

थपिएको सहित काठमाडौं उपत्याकामा सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हाल देशभर होम आइसोलेसनमा २७ हजार ८ सय २० र संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९४ जना छन्। अहिले आइसियुमा ६ सय ८६ र भेन्टिलेटरमा १ सय ६१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्