Kathmandu Press

प्रधानमन्त्री देउवालाई दक्षिण कोरियाका राष्ट्रपतिको बधाइ सन्देश

प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनले बधाइ सन्देश पठाएका छन्।
प्रधानमन्त्री देउवालाई दक्षिण कोरियाका राष्ट्रपतिको बधाइ सन्देश

काठमाडौं, साउन १५ : प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनले बधाइ सन्देश पठाएका छन्।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दक्षिण कोरियाली राष्ट्रपतिबाट बधाइ सन्देश प्राप्त भएको जनाएका हुन्।

‘बधाइ सन्देशका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु। दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध अझ बलियो बलाउन राष्ट्रपति मुनसँग सहकार्य गर्न इच्छुक छु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘आज नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ-सुकसँग शिष्टाचार भेट भयो। र, द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा लैजानेबारे हामीबीच कुराकानी भएको छ।’

प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्