एमाले महासचिव पोखरेलले भने : नेपाल पक्षलाई नकुरौं
काठमाडौं, साउन १५ : एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकता भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई धेरै समय कुर्न नहुने बताएका छन्।थापाथलीस्थित पार्टी कार्यालयमा...
काठमाडौं, साउन १५ : एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकता भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई धेरै समय कुर्न नहुने बताएका छन्।
थापाथलीस्थित पार्टी कार्यालयमा आज (शुक्रबार) खिर-खाने ख्वाउने कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले विवाद निरुणका लागि गठित १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा कहाँनिर गएर अड्किएको हो भनेर आफूले पत्तो पाउन नसकेको बताए।
उनले पार्टी एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्मत हुनुपर्नेमा जोड दिएका छन्। नेपाल समूहले अध्यक्षसँग सोजेको भन्ने सवालको जवाफ दिने क्रममा उनले समझदारीका लागि अधिकतम लचकता अपनाए पनि विधिबाट बाहिर नजाने ढंगबाट हुनुर्ने बताएका हुन्। ‘एकताका लागि चालिने कदम एमाले विधान, नियमावली, संस्थागत निर्णय अनुकूल हुनुपर्छ,’ उनले भने ।
उनले पार्टी अध्यक्ष केपी ओलीले कार्यदलमा काम गरेका नेताहरुलाई आज (शुक्रबार) बेलुकासम्म कोसिस गर्न निर्देशन दिएको बताए। दैनिकजसो आउने अनेक प्रस्तावले अलमलको स्थिति सिर्जना गरेको उनको भनाइ थियो।











