कोरोना अपडेट : ३६११ संक्रिमत थपिए, १८१६ जना संक्रमणमुक्त, २७ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको हाे ।
काठमाडौं, साउन १५ : पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रिमत थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको हाे ।
हालसम्म नेपालमा कुल संक्रमितकाे संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ ।
सोही अवधिमा १ हजार ८ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ ।
कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ।
याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ।
प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार