Kathmandu Press

कर्णालीमा खस्यो जिप, एक दम्पती बेपत्ता, तीन छोराछोरी घाइते 

धनगढी, साउन १५ : कैलालीस्थित आज (शुक्रबार) दिउँसो कर्णाली नदीमा जिप खस्दा दुईजना बेपत्ता भएका छन्।जिप कैलालीको मोहन्याल गाउँपालिका-७ स्थित चिसापानी-सोल्टा सडकखण्डबाट कर्णाली नदीमा...
कर्णालीमा खस्यो जिप, एक दम्पती बेपत्ता, तीन छोराछोरी घाइते 

धनगढी, साउन १५ : कैलालीस्थित आज (शुक्रबार) दिउँसो कर्णाली नदीमा जिप खस्दा दुईजना बेपत्ता भएका छन्।

जिप कैलालीको मोहन्याल गाउँपालिका-७ स्थित चिसापानी-सोल्टा सडकखण्डबाट कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ। उक्त सडक कच्ची रहेको प्रहरीले जनाएको छ।

गाडी पछाडि सार्ने क्रममा जिप सडकबाट कर्णाली नदीमा खसेको जनाइएको छ। जिपको नम्बर भने खुल्न बाँकी छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका हनुसािर जिपका चालक डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र रुपी जोशी नदीमा बेपत्ता छन्। उनीहरु पति-पत्नी रहेको जनाइएको छ।

उनीहरुको खोजी कार्य भइरहेको छ। उनीहरूका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र छोरा तीन वर्षीय भुवन घाइते भएका छन्। 

भुवन र सावित्रीको अवस्था गम्भीर रहेको कैलाली प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्