जसपाको सिफारिसमा लुम्बिनी प्रदेशसभाद्वारा तीन सांसद पदमुक्त
बुटवल, साउन १५ : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन सांसद पदमुक्त भएका छन् ।मन्त्रीसमेत रहेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव...
बुटवल, साउन १५ : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन सांसद पदमुक्त भएका छन् ।
मन्त्रीसमेत रहेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई आज (शुक्रबार) पदमुक्त गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्वार जारी सूचनामा उल्लेख छ।
जसपाले लुम्बिनी प्रदेशका तीन सांसदलाई निष्कासनका लागि बिहीबार सूचना दर्ता गराएको थियो।
पार्टी ह्विप उल्लंघन गरेको भन्दै उनीहरुलाई गत जेठ ३० गते पार्टीले स्पष्टीकरण सोधेको थियो। जवाफ दिए पनि चित्तबुझ्दो नभएको भन्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरिएको प्रदेशसभा सचिवालयमा पठाएको थियो।

प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











