Kathmandu Press

कक्षा ११ र १२ मा गरिएको शुल्क वृद्धि खारेज गर्न अनेरास्ववियुको माग

काठमाडौं, असार २४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति ....

कक्षा ११ र १२ मा गरिएको शुल्क वृद्धि खारेज गर्न अनेरास्ववियुको माग

काठमाडौं, असार २४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। 

अनेरास्ववियुले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनेरास्ववियुका कार्यवाहक संयोजक रञ्जित तामाङले बुझाएको ज्ञापन पत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थीमध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरिएको अनेरास्ववियुका कार्यवाहक संयोजक तामाङले जानकारी दिए। उनले स्थानीय तहले विद्यालय तहको छात्रवृत्ति वितरणमा विभेद गरेको पाइएको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि सरकारसँग आग्रह गरिएको बताए। 

ज्ञापन पत्रमा विश्वविद्यालयको पदाधिकारी नियुक्ति पनि खुला प्रतिस्पर्धाका आधारमा गर्ने कानूनी  व्यवस्था गर्न सरकारलाई दबाब दिइएको छ। ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले पनि विद्यालय तह तथा विश्वविद्यालयमा देखिएको कमजोरीलाई सच्याउँदै अघि बढने प्रतिवद्धता जनाएका थिए।

उनले शिक्षालयहरुमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक ऐन, कानूनलाई पनि निर्माण गर्दै अघि बढ्ने पनि बताए। मन्त्री पोखरेलले स्थानीय तहमा देखिएको शिक्षासम्बन्धी समस्या पनि स्थानीय तहसँगै सहकार्य गरेर समाधान गर्न लागिपर्ने प्रतिवद्धता जनाएका थिए।
 

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्