Kathmandu Press

निर्वाचन आयोगविरुद्ध जसपा महन्थ पक्षको रिट

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
निर्वाचन आयोगविरुद्ध जसपा महन्थ पक्षको रिट

काठमाडौं, साउन १५ : उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

ठाकुरको तर्फबाट वारेस प्रदीपकुमार पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

आयोगको ११ साउनको निर्णयअनुसार पार्टी विभाजन भएको र त्यसबाट पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने सम्भावना रहेकाले रिटको टुंगो नलागेसम्म आयोग निर्णय कार्यान्वयन नगर्न–नगराउन रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

आयोगले ११ साउनमा जसपाका केन्द्रीय कार्यकारिणी सदस्यहरूको हस्ताक्षर सनाखत गराएर बहुमतका आधारमा यादव पक्षलाई आधिकारिकता दिएको थियो।
 

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्