Kathmandu Press

माओवादी केन्द्रका चार पूर्वनेताको रिट निवेदनमाथिको सुनुवाइ स्थगित

काठमाडौं, साउन १५ : पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिटमाथि आज (शुक्रबार) गर्ने भनिएको सुनुवाइ स्थगित भएको छ...
माओवादी केन्द्रका चार पूर्वनेताको रिट निवेदनमाथिको सुनुवाइ स्थगित

काठमाडौं, साउन १५ : पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिटमाथि आज (शुक्रबार) गर्ने भनिएको सुनुवाइ स्थगित भएको छ ।

रिट निवेदकतर्फका कानुन व्यावसायीहरुको आग्रहमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

माओवादी केन्द्रका पूर्वनेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले एमालेमा प्रवेश गरेको भनिए पनि आफूहरु आधिकारिक रूपमा माओवादी केन्द्रमै रहेकाले सांसद पदबाट निकालिनु संविधान र पार्टी विधानविपरीत भएको दाबी गर्दै गुमेको पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा उनीहरुको रिटको पेसी तोकिएको थियो।

प्रकाशित मिति: १४:१८ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्