Kathmandu Press

सरकारी कार्यालयमा शिशु केन्द्र खोल्न सांसद बडुको माग

काठमाडौं, असार २४ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न ....

सरकारी कार्यालयमा शिशु केन्द्र खोल्न सांसद बडुको माग
फाइल

काठमाडौं, असार २४ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सांसद बडुले सरकारी सेवामा काम गर्ने महिला कर्मचारीको पीडालाई सम्बोधन गर्न पनि सरकारले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापना ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। 

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकारबाट बञ्चित नगराउन चेतावनी दिए।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झपट रावलले कर्मचारीहरुको सेवा र सुविधा उपलब्ध गराउने समितिमा नेतृत्व कर्मचारी संगठनहरुलाई दिने व्यवस्था नगर्न सरकारको ध्यानाकर्षण गराए। न्यायको दृष्टिकोणले पनि कर्मचारीहरुको सेवा, सुविधा दिने समितिको नेतृत्वको उनीहरुलाई दिन नमिल्ने उनको तर्क थियो। 

सांसद रावलले कर्मचारीहरुलाई अझै जवाफदेही बनाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे। विधेयकमा कर्मचारीहरुको सेवा, सुविधा उपलब्ध गराउने व्यवस्था गर्न एक समिति गठन गर्ने प्रस्ताव गरिएको छ।

तर, त्यसको नेतृत्व कर्मचारी संगठनहरुलाई दिनु न्यायका दृष्टिले पनि उपयुक्त नहुने सांसद रावलको तर्क छ। 

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्