ठमेलको अवैध भट्टीबाट करिब १०९ ड्रम चिनियाँ ब्रान्डका रक्सी बरामद
ठमेलमा एक चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध भट्टीबाट प्रहरीले करिब डेढ सय ड्रम चिनियाँ ब्रान्डका रक्सी बरामद गरेको छ ।
काठमाडौं, साउन १५ : ठमेलमा एक चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध भट्टीबाट प्रहरीले करिब डेढ सय ड्रम चिनियाँ ब्रान्डका रक्सी बरामद गरेको छ ।
भट्टीमा छापा मारेर प्रहरीले अवैध रक्सी बरामद गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले अनुमति नलिई सञ्चालनमा रहेको भट्टीमा छापा मारेको थियो ।
प्रहरीका अनुसार भट्टीका सञ्चालक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार अवैध ढंगले चिनियाँ ब्रान्डका मदिरा उत्पादन गरेर बजारमा प¥याउने गरेको खुलेको छ । भट्टी सिल गरेर बदिरा बनाउन प्रयोग हुने मेसिनलगायत सामान नियन्त्रणमा लिइएको कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











