Kathmandu Press

महिला सुरक्षालाई उच्च प्राथमिकता दिन सांसद संग्रौलाको आग्रह

काठमाडौं, साउन १५ : नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरेकी छन्।आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकको...
महिला सुरक्षालाई उच्च प्राथमिकता दिन सांसद संग्रौलाको आग्रह

काठमाडौं, साउन १५ : नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरेकी छन्।

आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले प्रहरीको तथ्यांक उल्लेख गर्दै पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेको उनले जानकारी दिइन्। तीमध्ये करिब १० जना भेटिएको र आधाभन्दा बढीचाहिँ हराइरहेको उनको भनाइ थियो।

उनले कोभिडविरुद्ध खोप पुर्याउने कामलाई सर्वोच्च प्राथमिकता दिन र आर्थिक रूपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न पनि सरकारसँग आग्रह गरिन्। 

कोरोनाका कारण लाखौं जनताले रोजगारी गुमाएको, लाखौं बालबालिकाले पढ्न नपाएको र कारण घरेलु हिंसा, महिला हिंसाका घटना बढेको बताइन्।  

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वका सरकारसँग आम जनताको अपेक्षा बढेको उनको भनाइ थियो।

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्