Kathmandu Press

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

बुटवल, साउन १५ : लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् ।

सरकारले यसअघिका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो। शेरचन नियुक्त भएलगत्तै यादव बिहीबार नै बिदा भइसकेका छन् ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुखका पमा नियुक्त भएका हुन्। कांग्रेस नेतृत्वको तत्कालीन सरकारले लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखका रूपमा उमाकान्त झालाई २०७४ माघ ७ गते नियुक्त गरेको थियो।

यसअघिको केपी ओली नेतृत्वको सरकारले उनलाई पदमुक्त गरी यादवलाई ल्याएकाे थियो।

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्