Kathmandu Press

ठाकुरको रिट न्यायाधीशद्वय खतिवडा र चुडालको इजलासमा

काठमाडौं, साउन १५ : जनता समाजवादी पार्टी (जसपा) को आधिकारकिताबाट वञ्चित भएका महन्थ ठाकुरले उक्त पार्टीको  अध्यक्ष हुँदै दायर गरेको रिट निवेदनमाथि आज (शुक्रबार...
ठाकुरको रिट न्यायाधीशद्वय खतिवडा र चुडालको इजलासमा

काठमाडौं, साउन १५ : जनता समाजवादी पार्टी (जसपा) को आधिकारकिताबाट वञ्चित भएका महन्थ ठाकुरले उक्त पार्टीको  अध्यक्ष हुँदै दायर गरेको रिट निवेदनमाथि आज (शुक्रबार ) सुनुवाइ हुने भएको छ ।

उक्त रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा हुने भनी पेसी तोकिएको छ।  

निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता विवाद निरुपणका लागि ‘हेड काउन्ट’ गरी केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने भएपछि त्यसविरुद्ध ठाकुर सर्वोच्च पुगेका थिए।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका क्रममा अदालतले महन्थको मागअनुसार आदेश नदिएपछि केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ।

प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्