Kathmandu Press

गोकर्णेश्वरमा ट्रकको ठक्करले पैदल यात्रीको मृत्यु

काठमाडौं गोकर्णेश्वर–९ अत्तरखेलमा ट्रकको ठक्करबाट शुक्रबार बिहान एक पैदल यात्रुको मृत्यु भएको छ।
गोकर्णेश्वरमा ट्रकको ठक्करले पैदल यात्रीको मृत्यु

काठमाडौं, साउन १५ : काठमाडौं गोकर्णेश्वर-९ अत्तरखेलमा ट्रकको ठक्करबाट शुक्रबार बिहान एक पैदल यात्रुको मृत्यु भएको छ।

करिब सवा ८ बजे ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा४ख १०२२ नम्बरको ट्रकले राजन खड्का (३० वर्ष)लाई ठक्कर दिएको हो ।

स्थानीय अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्